संजीवनीको आयोजनामा राप्तीसोनारीमा ४०औं मगर दिवस मनाइयो

67

नेपालगन्ज– संजीवनी मगर समाज राप्ती सोनारी २ को आयोजनामा आइतबार राप्ती सोनारी गाउँपालिकामा ४० औं मगर एकता दिवस धुमधामका साथ मनाइएको छ । कार्यक्रमको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका अध्यक्ष थारुले मगरहरु बिभाजित नभई एकढिक्का भएर मगरहरुको राजनैतिक, सामाजिक, धार्मिक अधिकारका लागि लड्नुपर्नेमा जोड दिएका थिए । हाम्रो समाजमा एकतामा विविधता भएको समाज भएकाले सम्पूर्ण भाषा समुदायको संरक्षण गर्नु आवश्यक रहेको अध्यक्ष थारुले बताए । उनले जातिय सद्भावलाई कायम राख्दै संस्कृतिको जगेर्नामा लाग्न आग्रह समेत गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष धनि कुमारी खत्रीले समुदायको कला संस्कृतिको संरक्षण गर्ने जिम्मा गाउँपालिकाको भएकाले संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले जोड दिएको बताइन् । कार्यक्रममा बोल्दै वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्रीले भाषा र संस्कृति हाम्रो पहिचान भएकाले आफ्नो अस्तित्व रक्षाको लागि संस्कृतिको जगेर्ना आवश्यक रहेको बताएका थिए ।

मगर दिवसमा संजिवनी मगर समाजले शम्शेरगंज बजार परिक्रमा गदैं दिवस मुलसमोरोहमा परिणत भएको थियो । दिवसको अवसर पारी साँस्कृतिक झाँकी प्रदर्शन तथा जेष्ठ नागरिक, भूपु नेपाल र भारतका सैनीकलाई सम्मान लगायतका कार्यक्रम गरेको थियो । दिवसमा एकल नृत्य प्रतियोगिता, घैटो फोर, छेलो लगायतका कार्यक्रम गरिएको थियो । कार्यक्रम संजिवनी मगर समाजका अध्यक्षटेक बहादुर सोमैको सभापतित्वमा भएको थियो ।

Womui
Womui