‘एमालेको राप्तीसोनारी गाउँपालिका प्रथम अधिवेशनमा धाँधली’

828

नेपालगन्ज– नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाको प्रथम अधिवेशनमा धाँधली भएको आरोप लागेको छ । अधिवेशनमा एकलौटी रुपमा पदाधिकारी घोषणा गरिएको आरोप लागेको हो ।

गाउँपालिका प्रथम अधिवेशनका लागि मंगलबार ४५ सदस्सीय कमिटीको टुङ्गो लागे पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको टुङ्गो नलाग्दा बिहीबार टुङ्गो लगाउने भन्दै बैठक टुङ्गिएको थियो । तर बिहीबारको बैठक बस्न नपाउँदै नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष मनोज केसीले सामाजिक सञ्जालमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको सहितको नाम सार्वजनिक गरेको बताइन्छ । केसीले बैठक बस्नु पूर्व तालिका सार्वजनिक गरेपछि राप्तीसोनारी वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओलीले आपत्ति जनाएका छन् ।

मनोमानी तवरले एकलौटी रुपमा पदाधिकारी घोषण गरिने भए अधिवेशनको कुनै महत्व नरहने भन्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मदन कुमार ओलीले आपत्ति जनाएका हुन् । सहमति बेगर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको निर्णय मान्य नहुने भन्दै वडा अध्यक्ष ओलीले यस्तो रवैयाले पार्टीलाई बलियो नभई कमजोर बनाउने भन्दै पार्टी नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Womui
Womui