परिचयपत्र नहुनेलाई घर भाडामा नदिन गृहको अनुरोध

52

नेपालगन्ज– गृह मन्त्रालयले परिचय पत्र नभएका व्यक्तिलाई घर भाडामा नदिन अनुरोध गरेको छ । विदेशी नागरिकहरू परिचयपत्र लुकाएर अनधिकृत रूपमा नेपालमा बसोबास गरिरहेको भन्दै मन्त्रालयले परिचयपत्र नभएकालाई भाडामा नदिन अनुरोध गरेको हो। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।

‘पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कसैलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’
साथै पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिए नजिकको प्रहरी चौकीमा खबर गर्न समेत अनुरोध गरेको छ ।

Womui
Womui