१४ वर्षीया विद्यार्थीलाई ‘जबरजस्ती गर्ने’ शिक्षक पक्राउ

275

काठमाडौं– आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। लामाले बालिकालाई होटलमा दुई दिनसम्म राखेका थिए। गोरखाको एक विद्यालयमा पढाउने लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ गरेको परिसरले जनाएको छ।

Womui
Womui