अक्सिजनको कालोबजारी भयो भन्दै अफवाह फैलाउने पक्राउ

81

धनगढी–अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाउने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् भने उनलाई धनगढीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झूठो हल्ला फैलाउने खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

Womui
Womui