म्याक्सलाई उपचार बन्द गर्न निर्देशन

77

विराटनगर- जिल्लास्थित म्याक्स अस्पतालले संक्रमितको उपचार गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएसँगै उप्रान्त अस्पतालले उपचार गर्न नपाउने भएको हो । अस्पताल अनुगमनका क्रममा अस्पतालले अनुमति पत्र देखाउन नसकेको र कोभिडका लागि चाहिने न्यूनतम स्वास्थ्य सम्बन्धी शर्त पूरा नगरेकोले उपचार बन्द गर्न प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले निर्देशन दिएका हुन्।

प्रशासन कार्यालयले कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगरेरै कोरोना संक्रमितको उपचार गरेकोबारे लिखित कारण माग गर्दै उपचाररत बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारबापतको शुल्क नेपाल सरकारले तोकेभन्दा बढी नलिनसमेत निर्देशन दिएको छ ।

यता अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भने स्थानीय सरकारको अनुमतिमा सेवा शुरु गरिएको बताएका छ्न् ।

Womui
Womui