बी–ग्रुपद्वारा जनचेतना जगाउँदै स्वास्थ्य सामग्री वितरण

116

नेपालगन्ज–भेरी वातावरणीय विशिष्ट समूह (बी–ग्रुप)ले खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ८ मा शनिबार बाल्टिन र साबुन वितरण गरेको छ । बी–ग्रुपले स्थानीय स्तरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र संक्रमणको बेला सावधान अपनाउको लागि सहयोग गर्ने उद्देश्यले  साबुन र बाल्टिन वितरण गरिएको बी–ग्रुपले बताएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग र समस्यामा परेका स्थानीयलाई सहयोग गरेको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए ।

गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ८५ जनालाई र ८ नम्बर वडामा १ सय ७७ जनालाई वितरण गरिएको हो । शनिबार एक कार्यक्रमका बीच वडा नम्बर ८ अध्यक्ष फिरोज खानले स्थानीयलाई सहयोग सामाग्री प्रदान गर्नु भएको थियो । अध्यक्ष खानले बी–गु्रपको सहयोग वडाका विपन्न जनतालाई सहयोग पुगेको बताए ।

बी–ग्रुपले यसअघि खजुरा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्ने स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । वितरण गरिएको स्थानमा छुटफुटलाई पुन वितरण गर्ने योजना रहेको बी–गु्रपले बताएको छ । यसअघि बी–ग्रुपले वडा कार्यालय र गाउँपालिका कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।

कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले अक्सफामको साझेदारीमा सञ्चालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ स्वास्थ्य सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए । 

बी–ग्रुपले यसअघि गाउँपालिका र वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर,  २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकीलगायतका सामाग्री प्रदान गरेको थियो ।

संयोजक प्रकाश शर्माले कोरोनाबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले विपन्न वर्ग र कोरोना भाइरसको संक्रमणलाई कम गर्न लागि परेको स्थानीय तह, स्वास्थ्यकर्मीलाई सहयोग होस भन्ने लक्ष्यले सहयोग गरिएको जानकारी गराए ।

स्वच्छता लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा सञ्चालन भइरहेको बी–ग्रुप जनस्वास्थ्य प्रवद्र्धन अधिकृत दुर्गा पन्थीले बताए ।

Womui
Womui