अबका दुई साता थप जोखिमपूर्ण हुन सक्छन्ः प्रधानमन्त्री

53

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दुई साता जोखिमपूर्ण हुनसक्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्न सक्ने भन्दै थप चनाखो हुन जरूरी रहेको बताए ।


प्रधानमन्त्री ओलीले सबैको सहयोगले अहिलेसम्म कोरोना भाइरसको संक्रमण ९ जनामा सीमित राख्न सकिएको बताए । सरकारले बैशाख ३ गतेसम्म लकडाउनको अवधि थप गरेको छ । नेपालमा हालसम्म नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Womui
Womui