प्रधानमन्त्री ओली बाकु जाँदै, यस्तो छ कार्यक्रम

27

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन जाने भएका छन् । यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । भ्रमणको औपचारिक कार्यतालिका भने अझै सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्रीले असंलग्न आन्दोलनलाई महत्वलाई जोड दिनेछन् । असंलग्न आन्दोलनको आठारौं शिखर सम्मेलन कात्तिक ८ र ९ गते हुनेछ । सम्मेलनमा असंलग्न आन्दोलनमा सामेल विश्वका थुप्रै राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने छ ।

शीत युद्ध ताका असंलग्न आन्दोलनको ठूलो महत्व महसुस भएकोमा पछिल्लो समयमा केही सेलाए जस्तो देखिए पनि अहिले फेरि विश्व दुई ध्रुवमा केन्द्रीत भइरहेका बेलामा हुन लागेको असंलग्न आन्दोलनको शिखर बैठकलाई महत्वका साथ हेरिएको छ ।

Womui
Womui