पोखरा मालपोतमा खुलेमखुला घुस, दुई कर्मचारी पक्राउ

88

छिनछिन खबर
पोखरा–अख्तियारको टोलीले पोखराको लेखनाथस्थित मालपोत कार्यालयबाट घुससहित दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरी भट्टराईलाई नियन्त्रणमा लिएको हो ।


सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिनदेखि आनाकानी गरिरहेका खरिदार पौडेल र लेखापढी व्यवसायी भट्टराईलाई १२ हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । ‘मृतक आमाको नामबाट छोराको नाममा जग्गा नामसारी गर्न मालपोत कार्यालय पुगेका सेवाग्राहीसँग दुई दिनदेखि आनकानी गरेको भन्ने उजुरीका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो,’ उनले भने ।

Womui
Womui