एटिएम ह्याक प्रकरणः फरेन्सिक टेस्ट गर्न सिंगापुरबाट बोलाइयो प्राविधिक

137

छिनछिन खबर
काठमाडौं–चिनियाँ ह्याकरहरुले एटिएम प्रयोग गरी नगद निकालेपछि सिंगापुरको प्राविधिक टोलीलाई नेपाल बोलाइएको छ ।

डाटा ह्याक गरी विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी प्रकरणको फरेन्सिक टेस्ट गरी सत्यतथ्य पत्ता लगाउनका नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सिंगापूरबाट प्राविधिकको टोली बोलाएको हो ।

फरेन्सिक टेस्टका लागि सिंगापुरको प्राविधिक टोलीलाई बोलाइएको नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीले जानकारी दिए । बुधबार साँझसम्म २ जना प्राविधिक काठमाडौं आइपुग्ने बताइएको छ ।
प्राविधिक टोलीले विभिन्न डिभाइसहरुलाई ल्याबमा राखेर टेस्ट गरी घटनाको सत्यतत्य पत्ता लगाउनेछ ।

Womui
Womui