अबदेखि राष्ट्र सेवकले दोहोरो सुविधा लिन नपाइने

59

छिनछिन खबर
काठमाडौं–निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा अब दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाउने भएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको प्रस्तावित संघीय निजामती सेवा, गठन, सञ्‍चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमा दोहोरो निवृत्तिभरण लिन नपाइने सहमति भएको हो ।

बैठकमा निजामती सेवामा पाँच वर्ष अवधि पूरा नगरी कुनै सेवा सुविधा नपाइने, छात्रवृत्तिमा अध्ययनपछि अनिवार्य सेवा गर्नुपर्ने, सेवाका अवधिमा विदेश पलायन हुनेलाई सञ्चयकोषबाहेक अन्य सेवासुविधा नपाइने बुँदामा समेत सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई अझ प्रभावकारी बनाउन विधेयक आएको स्पष्ट पार्दै विधेयकमा अवकाशपछि राष्ट्रसेवकले दोहोरो सुविधा लिन नपाइने व्यवस्था गरिएको बताए ।

Womui
Womui