यसरी पक्राउ परे बौद्धका डिएसपी श्याम राई घुससहित

124

छिनछिन खबर
काठमाडौं, असोज २१ । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारको टोलीले राईलाई घुससहित नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले बताए । महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताइएको छ ।


राईले घुस बापत लिँदै गरेको १ लाख ४० हजार नगद बरामद गरेको जनाएको छ । ‘नगद १ लाख ४० हजार घुस लिँदै गर्दा डिएसपी राईलाई नियन्त्रणमा लिएका हौं’ अख्तियार प्रवक्ता दंगालले भने ।

Womui
Womui