ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

129

छिनछिन खबर
रूपन्देही, भदौ ७ । तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना ५ ख ७०७७ नम्बरको ट्रकले लु ७ प ८७७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन।

उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui