किसानलाई भुक्तानी नदिने ४ चिनी उद्योगीलाई पक्राउ गर्ने तयारी, यी हुन् सरकारले पक्राउ गर्न खोजेका उद्योगी

26

छिनछिन खबर
काठमाडौं, असार ११ । किसानसँग उखु खरिद गरेर भुक्तानी नगर्ने चार चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारmे तयारी गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । उखु किसानलाई समयमा भुक्तानी नदिएको भन्ने उद्योग मन्त्रालयको सिफरिसको आधारमा गृहले पक्राउकोनिर्देशन दिएको हो ।


गृह मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

शशिकान्त अग्रवाल चिनी उत्पादक संघका अध्यक्ष समेत हुन् । उनीहरुलाई पक्राउका लागि उद्योग मन्त्रालयले गृहमन्त्रालयलाई औपचारिक पत्राचार नै गरेको थियो ।उखुबाट चिनी उत्पादन गरेर बिक्री गरिसक्दा समेत किसानलाई भुक्तानी नदिएपछि कारवाहीको बाटोमा जानु परेको उद्योग मन्त्रालयले जनायो । पक्राउका लागि गृहले सर्लाही, महोत्तरी, नवलपरासी पूर्व र पश्चिमका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ ।

उखु किसान र उद्योगीबीच उखुको मूल्य भुक्तानीको विवाद बढिरहेका बेला सरकारले उद्योगीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो । प्रत्येक वर्ष उखुको मूल्य भुक्तानीको विवाद हुने गरेपनि यस्तो कडा कारवाहीको अग्रसरता यसअघि लिएको थिएन ।नेपालमा उत्पादन हुनेभन्दा आयातित चिनी सस्तो हुने भन्दै चिनी उत्पादक संघले चिनीमा ५० प्रतिशत भन्सार लगाउन माग गरेको थियो । अर्थ मन्त्रालयले बजेटअघि नै भन्सार दर १५ बाट ३० प्रतिशत पु‍¥याएको छ ।

यद्यपि, अझै पनि आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकेकाले भुक्तानी दिन नसकेको दावी उद्योगीहरुले गर्दै आएका छन् ।

Womui
Womui