युवाहरुको लोभलाग्दो कृषिकर्म, यस्तो छ आम्दानी

120

छिनछिन खबर
काठमाडौं, वैशाख १५ ।
सिभिल इन्जिनियरिङ पास गरेर रामेछापमा मासिक ३२ हजार रुपैयाँ जागिर खाँदै आएका नवीन ओलीलाई आफ्नै व्यवसाय गर्ने सोचले तानेको छ । उनले जागिर छाडेर भक्तपुरमा दुई रोपनी जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आएका छन् ।

उनले उक्त जग्गा आफ्नो साथी दीपक क्षेत्रीसँग मिलेर भाडामा लिएका हुन् । खोरमा अहिले ५ हजार बोइलर कुखुराका चल्ला रहेका छन् । नवीनले बोइलरको साथै अब चाँडै अण्डा दिने कोइलर जातको कुखुरा पाल्ने समेत बताए ।

कुखुरा फार्मबाट जागिरभन्दा धेरै आम्दानी हुने र स्ततन्त्रता पूर्वक काम गर्न पाइने हुँदा उनलाई कुखुरापालन गर्ने सोच आएको हो । पहिला वार्षिक ४ लाख रुपैयाँ कमाउने नवीनले अहिले सबै खर्च कटाएर वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए ।

अबका दिनमा व्यवसाय बढाएर दोब्बर नाफा कमाउने उनको योजना छ । उनी भन्छन्, ‘सधैँ अर्काको काम गरेर समय बिताउनु भन्दा आफ्नै काम गर्नु पर्छ भन्ने सोचले व्यवसाय सुरु गरेका हौं । फार्ममा दुई जनालाई रोजगारी पनि दिएका छौं ।’

Womui
Womui