पुर्वमन्त्री राईको घरदैलोमा ‘एकताको सन्देश’

95

नेपालगन्ज-संघिय समाजवादी फोरम नेपालका प्रतिनिधी सभा-२ बाँकेका उम्मेदवार ईस्तियाक राईले बजार केन्द्रित प्रचार अभियान तिब्र पारेका छन् । नेपालगन्जको बजार छेउछाउका अधिकांस वडामा घरदैलो गरिसकेका पुर्वमन्त्री राईले बुधबार नेपालगन्जको सल्यानीबाग, गणेशपुर, लगायत वडा नम्बर ४ का विभिन्न टोलमा घरदैलो मार्फत मतदातासँग भोट मागिरहेका छन् । हातले समातेको मसाल चिन्ह अंकित पार्टीको झण्डाका साथै राष्ट्रिय झण्डा सहित पुर्वमन्त्री राई घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित हुने गरेका छन् ।

राष्ट्रिय झण्डा सहित पुर्वमन्त्री राईले घरदैलो गरेर ‘राष्ट्रियता, धार्मिक तथा सामाजिक एकता’को सन्देश दिईरहेका छन् । चुनावी माहोल तत्ताउन उनी केही समयदेखी निकै सक्रिय भएका छन् । ‘लगभग घरदैलो पुरा गरिसकेको छु, नेपालगन्ज बजार एरियाका केही वडा मात्रै बाँकी छन्, त्यो पनि एक÷दुई दिन भित्रमा सम्पन्न गर्ने सोच छ,’ राईले छिनछिन खबर डटकमसँग भने । प्रतिनिधी सभा–२ बाँकेका सशक्त उम्मेदवार राईसहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता, प्रदेश सभा–२ ‘क’ का विजयबहादुर यादव पनि घरदैलोमा सक्रिय भईरहेका छन् ।

Womui
Womui