तुलसीपुरमा मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव

82

तुलसीपुर, माघ १३-
दाङको तुलसीपुरमा बिहीबारबाट मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला–२०७३ सञ्चालनमा आएको छ । तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सव सञ्चालनमा ल्याएको हो । महोत्सवको पुर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरे । स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ आगामी माघ २३ गते सम्म तुलसीपुरस्थित अरनिको मैदानमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव उद्घाटन गर्दै पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।
महोत्सव उद्घाटन गर्दै पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

तुलसीपुरमा बहुउदेश्यीय सभागृहको निर्माण, अरनिको मैदानको संरक्षण सँगै हरियाली र सफा तुलसीपुरको अभियानलाई सार्थक बनाउने उदेश्य राखिएको संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । त्यसैगरी यस क्षेत्रको कृषिको प्रर्बद्धन, किसानहरुलाई व्यवसायीक बनाउने, पर्यटन र स्वदेशी उत्पादनको प्रर्दद्धन गर्ने र कलासंस्कृतीको संरक्षणमा टेवा पु¥याउने पनि महोत्सवको उदेश्य रहेको उनको भनाई छ । महोत्सवमा साढे ३ सय बढी स्टल राखिएको आयोजकले जानकारी दिएको छ । तुलसीपुरमा ७ वर्षपछि महोत्सव आयोजना गरिएको हो ।

Womui
Womui