दसैैँमा शुभकामना आदानप्रदान

97

नेपालगन्ज, असोज २०

union
वडा दसैं २०७३ को अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले शुभकामना आदानप्रदान गरेको छ । नेपालगन्जस्थित जिफन्टको कार्यालयमा विभिन्न घटकका अगुवा र कार्यकर्तालाई बोलाइ शुभकामना आदान प्रदान गरिएको हो ।
भेरी कर्णाली अञ्चल अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटि सदस्य पूर्ण केसी, भेरी कर्णालीका अञ्चल सचिव पूर्णचन्द्र उपाध्याय, वरिष्ठ युनियनकर्मी सञ्जालका सदस्य केशवराज गिरी, स्वतन्त्र नेपाल प्रेस मजदुर युनियन बाँकेका अध्यक्ष हरिप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै भेरी कर्णाली अञ्चल अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य पूर्ण केसीले हैसियत अनुसारको दसैं मनाउन सम्पूर्ण मजदुरसाथीहरूलाई आग्रह गरेका थिए । उनले जिफन्टको संरचनामा हेरफेर हुने जानकारी गराए । कार्यक्रममा बोल्दै भेरी कर्णालीको अञ्चल सचिव पूर्णचन्द्र उपाध्यायले महासंघले ल्याएको एक्येबद्धता कोषबारे जानकारी गराएका थिए । उनले मुटु, मृगौला, क्यान्सरलगायतका रोगीलाई सरकारले दिएको सेवा सुविधाबाहेक एक्येबद्धता कोषले तत्काल ४० हजार बराबरको सहयोग मजदुरलाई गरिने बताए । त्यस्तै वरिष्ठ युनियनकर्मी सञ्जालका सदस्य केशव राज गिरीले जबसम्म मजदुर एक हुँदैनन् तबमात्र अधिकार प्राप्त गर्न गाह्रो हुने भन्दै सबै मजदुरलाई एकजुट हुन आग्रह गरेका थिए ।

Womui
Womui