पारिवारीक वातावरणमा खानपिन र म्यूजिकल नाइट प्रोग्राम

95

नेपालगन्ज–
20161002_123324
नेपालगन्जको राँझामा ‘डिडी रेष्टुरेन्ट म्यूजिकल नाइट प्रोग्राम’ सञ्चालनमा आएको छ । नेपालगन्जका युवा व्यवसायी दिपु मल्ल ठकुरीले यही असोज १ गतेबाट उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । पारिवारीक वातावरणमा खानपिनसँगै साँस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पहिलो पटक यस्तो व्यवसाय सञ्चालनमा ल्याएको मल्ले बताए ।
उक्त रेष्टुरेन्टले हरेक दिन बिहान १० देखि बेलुका ६ बजे सम्म रेष्टुरेन्ट सेवा र बेलुका ६ देखि राती १० बजे सम्म म्यूजिकल नाइट प्रोग्राम सञ्चालन गर्दै आएको छ । नाइट प्रोग्राममा शुक्रबार र शनिबार विशेष दिन पारेर मनोरन्जन प्रदान गर्नका लागि काठमाडौंबाट समेत कलाकार आउने गरेका छन् । ‘यहाँ आएर पारिवारिक वातावरणमा मनपर्ने गीत गाउन र सुन्न सक्नुहुन्छ,’ मल्लले छिनछिन खबरसँग भने ‘समाजमा अपच हुने खालका कार्यक्रम समावेश हुदैनन् ।’

युवा व्यवसायी दिपु मल्ल ठकुरी ।
युवा व्यवसायी दिपु मल्ल ठकुरी ।

रेष्टुरेन्टले म्यूजिकल नाइट प्रोग्राम सञ्चालन गर्नका लागि माथिल्लो तलामा हलमा स्टेज नै बनाएको छ । यहाँ हेरक दिन बेलुका ६ बजे म्यूजिकल प्रोग्राम गरिन्छ । रेष्टुरेन्ट सञ्चालक मल्ल स्वयं कलाकार हुन् । उनले पनि म्यूजिकल प्रोग्राममा मनोरन्जन प्रदान गर्छन् । ‘आइतबारदेखि बिहीबार सम्म मैले समय दिन्छु र अरु लोकल व्याण्डले मनोरन्जन प्रदान गर्छन्, शुक्रबार र शनिबार विशेष खालको हुन्छ, त्यो दिन चाही काठमाडौंबाट कलाकार आउँछन,’ उनले भने ।
नेपालगन्ज–१२ बाँकेगाउँ निवासी मल्लले अधेरी नामक एल्बम निकालेका छन् । ‘सम्झेर के गरु वितेका त्यो पलहरु….’ गीत यूटुबमा ल्याइसकेका उनले अरु ३ वटा हिन्दी गीत पनि तयार गर्दैछन् । गायनसँगै नृत्यमा समेत रुची राख्ने गरेका मल्लको पेशा भने व्यवसाय हो । ‘नेपालगन्जमा विगतका दिनमा थुप्रै डान्सबार सञ्चालनमा आए, तर तिनीहरु धेरै दिन सम्म टिक्न सकेनन,’ उनले भने ‘म आफै कलाकार पनि भएको नाताले रेष्टुरेन्ट सेवाका साथै म्यूजिकल नाइट प्रोग्राम अलि फरक कन्सेप्ट बोकेर सञ्चालन गरेको हुँ, यसलाई डान्सबार सँग तुलना नगरिदिनु होला ।’ काममा व्यस्त रहने नेपालगन्जबासी जो कोही आफ्नो परिवारका सदस्य, आफन्तलाई लिएर रेष्टुरेन्टमा आउन सक्ने वातावरण तयार गरेको मल्लको दाबी छ ।
रेष्टुरेन्ट सञ्चालनमा आएको छोटो समयमै प्रचार–प्रसार राम्रो भएको र ग्राहकहरु क्रमशः आउने गरेको उनले बताए । ‘हाम्रो टार्गेट गु्रप त्यस्तो कोही छैन, यहाँ बालकदेखि बृद्ध र युवा, युवती जो पनि आउन सक्नुहुन्छ,’ उनले भने । रेष्टुरेन्टले ग्राहकको रुची अनुसारका परिकार उपलब्ध गराउने सञ्चालक मल्लले बताए । ‘मासुका सबै परिकार र चलेका ड्रीङ्स राखेका छौं, बिहान १० देखि बेलुका ६ बजे सम्म रेष्टुरेन्ट खुला हुन्छ, जब म्यूजिकल नाइट प्रोग्राम सुरु हुन्छ, हामीले रेष्टुरेन्टको काम बन्द गरिदिन्छौं,’ उनले भने । अन्य रेष्टुरेन्ट भन्दा यहाँ मेनु फरक छ ।
सञ्चालक मल्लले एक पटक रेष्टुरेन्टमा पुगेर म्यूजिकल प्रोग्राममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । ‘कसैले गलत कुरा बुझेर गलत खालको हल्ला फैलाएको हुन सक्छ, त्यसकारण अरुको हल्लाको पछाडी लाग्नु भन्दा एक चोटी आफै सहभागी हुनुस्,’ मल्लले भने ‘सुनेको भरमा गलत सोच नराखिदिन अनुरोध गर्दछु ।’

20161002_122232 20161002_122208 20161002_122427 20161002_122411 20161002_122351 20161002_122333

Womui
Womui