भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ

54

काठमाडौं, भदौ १८-

Ser bdr deubaभूकम्प प्रभावितका लागि व्यवस्थापिका संसदले पहिलो किस्ताबापत डेढ लाख रुपैयाँ उपलब्ध गराउने अनुमोदन गरिसकेको भन्दै का‌ंग्रेस सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितलाई पहिलो किस्ताबापत डेढ लाख रुपैयाँ नै उलब्ध गराइनु पर्ने बताएका छन् । सिंगापुरमा स्वास्थ्य उपचार गराएर शनिबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा सचारकर्मीसँग यस्तो बताएका हुन् । उनले  भने,  ‘अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ ?, म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’ कांग्रेसले लगातार संसद् बैठक अवरुद्ध गरेपछि अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिना पहिले संसद् बैठकबाट भूकम्प प्रभावितहरुलाई पहिलो किस्ता स्वरुप डेढ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । तर, दाताले सहमति नजनाएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ५० हजार रुपैयाँका दरले अनुदान वितरण गरिरहेको छ ।

 

Womui
Womui