सरकारमा पुग्न साना दल गर्दैछन् ठूलो दौडधुप

59

काठमाडौ, भदौ १६-

sarkarप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन्। सरकारलाई समर्थन भने १६ दलले गरेका छन्। प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन्। फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ। साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम रहेको समाचार आजको नयाँ पत्रिकामा छ। उपप्रधानमन्त्री पाए सरकारमा जाने पक्षमा अध्यक्ष विजयकुमार गच्छदार थिए। तर, फोरमकै अर्का नेता जितेन्द्र देवले आफ्नो नेतृत्वमा सरकारमा जान पार्टीमा लबिङ गरिरहेका थिए । उनलाई नेता रामेश्वर रायको पनि साथ छ । उनीहरू पार्टी फुटाएर भए पनि सरकारमा जाने तयारीमा थिए । तर, आकर्षक मन्त्रालय नभएपछि अहिले विवाद केही मत्थर भएको छ ।

प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये अहिले बाँकी चार मन्त्रालयमा साना दलका नेताहरू मात्र जान सक्ने अवस्था छ। तर, एक–दुई सिट भएका साना दललाई मन्त्रालय दिने–नदिनेमा प्रधानमन्त्री अनिर्णित छन्।

को–को छन् दौडधुपमा?

सरकारलाई समर्थन गर्ने साना दलमध्ये बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका प्रेमबहादुर सिंह, परिवार दलका एकनाथ ढकाल मन्त्री बन्ने दौडधुपमा छन् । पासवान केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरणमन्त्री थिए भने सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका थिए । सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजसमेत गरेको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रीका लागि आग्रह गर्दै आएका दलका नेतालाई कुनै जवाफ दिएका छैनन् । ‘ढकालजी कहिलेकाहीा देखिए पनि विश्वेन्द्र पासवान र प्रेमबहादुर सिंह प्राय: आउनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘भेट्न नपाए पनि उहाँहरू प्रधानमन्त्रीको अनुहार मात्र देखे पनि पुग्छ भन्दै धाइरहनुभएको छ ।’

Womui
Womui