सरकारले धरहरा निर्माणको जिम्मा टेलिकमलाई दिने

66

काठमाडौं, भदौ ३-
गत वर्षको महाभूकम्पमा भत्किएको धरहरा टावरको निर्माण गर्ने जिम्मा सरकारले नेपाल टेलिकमलाई दिने भएको छ । यस अघिको ओली सरकारसँग धरहरा निर्माणको जिम्मा टेलिकमलाई दिँदै औपचारिक सम्झौता भएकोमा दाहाल सरकारले टेलिकमको प्रस्तावमा स्वीकृति जनाएको हो । पुराक्तत्व विभागले  निर्माण खाका तगार गरेपछि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिने पुराक्तत्व विभाग स्रोतले जनाएको छ। सरकारले ध्वस्त धरहरको भग्नावशेष नजिकै नयाँ धरहरा टावर निर्माण गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले धरहरा पुर्ननिर्माणका लागि नेपाल टेलिकमले ३ अर्ब रुपैयाँ खर्च गर्ने बताए । ओली सरकारले धरहरा पुनःनिर्माणका लागि जनताको सहयोग लिने निर्णय गर्दै सर्वसाधारणबाट ६ महिनामा उठाएको दुई करोड पचास लाख रुपैयाँ टेलिकमलाई हस्तान्तरण गरिने पनि उनले बताए।

Womui
Womui