नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीले निर्माण गरे ब्याड पाक्स नामक रोबोट

90
चितवन, भदौ २-
भरतपुरमा अध्ययनरत विद्यार्थीले ब्याड पाक्स नामाकरण गरिएको रोबोट निर्माण गरेका छन् । नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा अध्ययनरत विद्यार्थीले प्राकृतिक प्रकोमा जमिन तथा मानवनिर्मित संरचनाभित्र फसेकोको उद्धारमा सहयोगी हुने रोबोट निर्माण गरेका हुन् ।
इलेक्ट्रिकल आेभरसियर छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भत्किएका स‌ंरचना र जमिन भित्र भएका जीवित मानिसको उद्धार गर्न विशेष किसिमको सूचना दिने प्रविधि जडित गरी बनाइएको रोबोटले संरचनाभित्र पुरिएर रहेका मानिसको अवस्थाका बारे भिडियो तथा अडियो सूचना नियमित प्रवाह गर्नेगरी निर्माण गरिएको निर्माणको नेतृत्व गरेका विद्यार्थी श्यामकृष्ण खतिवडाले बताए । उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रणा गर्न सकिने छ ।
३६० डिग्रीसम्म घुमाउन मिल्ने क्यामरा जडित रोबोटले संरचनाभित्रको अवस्थाको भिडियो नियमित कम्प्युटरमा पठाउने गर्दछ । भने रोबोटको माध्यमबाट विपत्तिमा परेका मानिसलाई औषधि तथा पानी पनि पुर्‍याउन सक्ने गरी डिजाइन गरिएको रोबोट निर्माणमा सहभागी विद्यार्थी अभिषेक काफ्लेले बताए ।
उक्त रोबोट ५० हजार रुपैयाँको लागत र  करिब नौ महिना परिश्रम पश्चात् तयार भएको हो ।
Womui
Womui