युवा व्यवसायी कडेंलको स्वतन्त्र उम्मेदवारी घोषणा

83

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन ३१–
राजनीतिक दलको समर्थनमा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहका बेला सोमबार नेपालगन्जका एक युवा व्यवसायीले भने स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको सदस्य पदका लागि व्यवसायी तेजनारायण कंडेलले सोमबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफु स्वतन्त्रबाट संघको कार्यसमितिमा निर्वाचित हुने उनले दाबी गरे ।

Sotantra Ummedawar

उनको प्रस्तावकमा निरन्जन लामिछाने रहने छन् भने, समर्थकमा मदनप्रसाद पोखरेल रहने भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा उद्योगी व्यापारीमा चुनावी रौनकता छाएको छ । संघको निर्वाचन आगामी भदौ ११ गते हुने निश्चित भइसकेको छ । निर्वाचनका लागि विभिन्न तीन वटा प्यानल खडा गरेका उद्योगी व्यवसायीले आ–आफ्नो समुहको प्रचार गरिरहेका छन् ।

Womui
Womui