प्रधानमन्त्री दाहाल र कांग्रेस सभापतिबीच छलफल

30

काठमाडौं, साउन २२–
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकार विस्तारका विषयमा छलफल भएको छ । शनिबार विहान देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री दाहाल र देउवाबीच करिब आधा घण्टा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सरकार विस्तार र समसामयिक विषयमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल भयो,’ मल्लले भने । छलफलमा सरकारका कामकारवाही कसरी प्रभावकारी बनाउने विषयमासमेत छलफल भएको थियो ।

Prachand- Ser Bdr

कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए । दाहालले कांग्रेस र माओवादीकातर्फबाट गरी ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट प्रधानमन्त्रीसहित चार जना र कांग्रेसबाट दुई जना सरकारमा सहाभागी भएका छन् ।

Womui
Womui