सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

36

बिराटनगर, साउन १७–
कोसी ब्यारेजको पूर्व–दक्षिण नहर डिलछेउका लहरै होटल । साहुजीहरु कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर ग्राहक डाकिरहेका हुन्थे । जति कोसिस गरेपनि उनीहरुले कुनै दिन थाकुन्जेल व्यापार गर्न पाएनन् । कामदार अधिकांश समय फुर्स्दिला रहन्थे । दैनिक मुस्किलले आठ÷दस ग्राहक पस्थे । आम्दानीको दायरा साँघुरो थियो । अहिले तिनै साहुजीलाई पट्यारलाग्दो विगत सम्झने फुर्सदसम्म छैन् । सबैका मुहार उज्यालिएका छन् । कुनै समय माछाका परिकार फ्रेस राख्न पंखा हम्किएर बस्ने उनीहरुलाई अहिले माग थेग्नै हम्मे छ । माछाले नपुगेर कुखुरा र खसीको सपत पनि ह्वात्तै बढेको छ।

हरेक होटल उत्तिकै खचाखच छन् । अनि यो चटारो सीमित घन्टा होइन,बिहानदेखि साँझसम्मै उत्तिकै रहन्छ । होटलमा पस्ने अधिकांश ग्राहकको अर्डर मदिरा हुन्छ । ती पनि नेपाली कम भारतीय बिहारका रुेथाने धेरै हुन्छन्। बिहार राज्य सरकारले मदिरा प्रतिबन्ध लगाएपछ उनीहरु तिर्खा मेट्न नेपाली बजार धाउन थालेका हुन् । पछिल्ला दिन सीमापारिका गाउँबाट रक्सी र मासुको स्वाद लिन आउनेहरु ह्वात्तै बढेको उनले जानकारी दिए । नागरिक दैनिकमा समाचार छ ।

Womui
Womui