राष्ट्रपतिको भ्रमणपछि जनकपुरमा तनाव

67

जनकपुर, पुष १–
राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीका अवसरमा जानकी मन्दिर दर्शन जनकपुर पुगेपछि तनाव उत्पन्न भएको छ । भ्रमणको विरोध गर्दै आन्दोलनरत मधेसी मोर्चा लगायतले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रपति भण्डारी जानकी मन्दिरको दर्शन गरेर बाहिरिदै गर्दा आन्दोलनकारीले ढुंगा मुढा गरेका थिए । ढुंगा मुढा गरेपछि प्रहरीले तीन राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि आन्दोलनकारीले पेट्रोलले भरिएका वोतल प्रहार गरेका छन् । त्यहाँ अहिले पनि झडप जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मन्दिरको दुई किलोमिटर वरपरको क्षेत्रलाई खाली गराएको छ । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा श्रद्धालुहरुको भागाभाग चलेको छ । विवाह पञ्चमिमा भारतबाट ठूलो संख्यामा भक्तालुहरु आउने गर्छन् । झडपमा परी भारतबाट आएका २४ जना भन्दा बढी श्रद्धालु घाइते भएका छन् । राष्ट्रपति भण्डारी जनकपुर आउने समाचार सार्वजनिक भएलगत्तै मंगलबार जनकपुरमा व्यापक विरोध भएको थियो ।

Womui
Womui