इटाभट्टा विस्फोट हुँदा सुनसरीमा ७ जनाको मृत्यु

18

सुनसरी, मंसिर २८–
सुनसरीको इटहरी १५ स्थित न्यू जय नेपाल इटाभट्टामा सोमबार साँझ आगलागी भएर विस्फोट हुँदा ७ जना मजदुरको ज्यान गएको छ । विस्फोटमा परी २० भन्दा बढी मजदुर घाइते भएको प्रहरीले जनाएको छ । विस्फोट भएर इटाभट्टी भत्किँदा केही मजदुरहरु हताहत भएका आशंका गरिएको छ । प्रहरीका अनुसार इटाभट्टामा आगो बाल्ने क्रममा ग्यास थुनिएर चिम्नी विष्फोट हुँदा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चिरञ्जीवी कोइरालाका अनुसार घाइतेको उद्धार गर्ने काम चलिरहेको छ । घाइतेलाई धरान, विराटनगर लगायतका स्थानीय अस्पतालमा लगिएको उनले बताए । अस्पतालमा र्पुयाइएका केही घाइतेको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली पुगेर छानबिन थालेको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा भारतको विहार घर भई इटाभट्टामा काम गर्दै आएका मजदुर मिथिलेस पासवान, इटहरी १६ की भगली देवी चौधरी र इटहरी २० का शिवनारायण चौधरी रहेका छन् । आगलागिमा परी मृत्यु हुने अन्यको पहिचान हुन नसकेको बताइएको छ । घटनास्थलमा आगो निभाउन दमकल र स्थानियवासिन्दा पुगेका छन् ।

Womui
Womui