आन्दोलन लम्बिँदा तस्करलाई फाइदा

12

रौतहट, मंसिर २८–
नाकाबन्दी र आन्दोलनले मुख्य नाका ठप्प हुँदा छोटी नाकामा तीव्र चहलपहल छ । पारिबाट सीमासम्म पेट्रोलियम भरिएका जर्किन आइपुग्छन्। वारिपट्टिकाले सोझै मोलमोलाइ गरेर ती सामग्री किन्छन् । भन्सार राजस्व बुझाउनुपर्ने झन्झट छैन । तस्करीमार्फत भित्रिएका सामग्री नेपालतर्फ खुलेआम कालोबजारी भइरहे पनि ’अभावको बेलाको जोहो’ भन्दै प्रहरीसमेत चुप बस्छ । यही अवस्थाको फाइदा उठाउँदै यति बेला छोटी नाकाहरूमा व्यापक मात्रामा तस्कर सक्रिय छन् । उनीहरू चाहन्छन्– आन्दोलन अझ लम्बियोस्। मधेसमा झन्डै चार महिनादेखि जारी आन्दोलनले सर्वसाधारणसँगै स्वयं आन्दोलनकारी आजित भइसक्दा कालोबजारी र तस्करीमा संलग्नहरू भने आन्दोलन लम्बिए झन् फाइदा लिन सकिने दाउमा छन् ।

Tel Taskari

आन्दोलनकारीको निरन्तर धर्नाले देशकै मुख्य नाका वीरगन्ज ठप्प हुँदा यस क्षेत्रमा व्यापक मात्रामा तस्करी फस्टाएको छ । सुरक्षाकर्मी आन्दोलनतर्फ केन्द्रित भएको मौका छोपी तस्करले सक्रियता बढाएका छन् । मुख्य नाका आन्दोलनकारीको कब्जामा गएपछि आसपासको इनर्वा, छपकैया, बसपार्क, भकुवा, जानकीटोला र ठोरीलगायत नाकाबाट खुलमखुला तस्करी भइरहेको हो । आन्दोलनयता सीमावर्ती भारतीय सहर रक्सौल, नरकटियागन्ज, अदापुरलगायतबाट मोटरसाइकल, साइकल र भरियामार्फत दैनिक ठूलो परिमाणमा तस्करीका सामान वीरगन्जलगायत देशका अन्य बजार पुगिरहेका छन् ।

भारतबाट राजस्व छलेर वीरगन्ज पुर्या इएका मालसामान विभिन्न ट्रान्सपोर्टका गोदाममा भण्डारण गरेर राति नै ट्रकमा लोड गरी काठमाडौं, हेटौंडा, नारायणगढ, पोखरा पठाइने नाम खुलाउन नचाहने एक प्रत्यक्षदर्शीले बताए । ’वीरगन्जको आदर्शनगरका अधिकांश ट्रान्सपोर्टमा तस्करीका सामान राखिन्छन, त्यहाँ रातभर भरियाको चहलपहल हुन्छ ।’ सीमावर्ती जमुनिया, नरकटियागन्जका पेट्रलपम्पबाट ठोरीमा दैनिक डेढ लाख लिटरसम्म तेल अवैध बाटो भित्रिरहेको स्थानीयको भनाइ छ । ठोरी आसपासका अधिकांश भारतीयको काम नै अहिले नेपाली सीमासम्म तेल ओसार्नु रहेको छ। भारत, खराटा गाविसका भूपेन्द्र चौधरी भिखनाठोरी नाकाबाट नेपालमा सहजै प्रवेश गरी एक जनाले दैनिक कम्तीमा ५ सय लिटरसम्म बिक्री गर्ने बताउँछन, आजको नागरिकमा खबर छ ।

Womui
Womui