जीप खस्दा लमजुङमा पाँच यात्रुको मृत्यु

60

लमजुङ, कात्तिक २६—
लमजुङस्थित बेसीशहर नगरपालिका वडा १३ बेलौती बिसौना नजिकै जीप दुर्घटना हुदाँ ५ यात्रुको मृत्यु भएका े छ । दुर्घटनाग्रस्त उक्त जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य २ जना गम्भीर घाइते छन् । मनाङबाट लमजुङको बेसीशहर जादै गरेको ग १ ज ५५८८ नम्बरको बोलेरो जीप बिहीबार बिहान ३ बजेतिर सडकबाट २ सय मिटर तल खेतमा खस्दा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परी बेसीशहर नगरपालिका–१३ चनौटे पुरानो घर भई हाल नवलपरासीको शिवनगर नगरपालिका कावासोती बस्दै आएका खुशीराम आले, बेसीशहर(१३, चनौटेका मोसा तामाङ र भरत थापा, खुदी ९, अर्खले घर भई हाल चनौटेमा बस्दै आएका नन्दबहादुर गुरुङ र तनहुँ पुर्कोट घर भई हाल बेसीशहर १३ चनौटे बस्दै आएका बसन्त श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक(डिएसपी) शम्भूप्रसाद ढकालले जानकारी दिए । मृत्यु भएका मध्ये भरत थापा नेपाली सेनामा कार्यरत् रहेको खुलेको छ ।

मृतकहरुको शव पोष्टमार्टम्का लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको ढकालले बताए । दुर्घटनामा परी बेसीशहर १३ चनौटेका हिरा घले र सेर्तुङ–१ धादिङ घर भई हाल चनौटेमा बस्दै आएका अक्कलबहादुर तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रेफर गरिएको छ ।

Womui
Womui