राष्ट्रिय सङ्कटमा एकजुट बनौंःगृहमन्त्री बस्नेत

46

काठमाडौं, कातिक २१

गृहमन्त्री शक्ति बस्नेतले हाल नेपालको राष्ट्रिय सङ्कटलाई सबै राजनीतिक दल एक आपसमा मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् । एकीकृत नेकपा(माओवादी) भारदेउ गाउँ इकाई समितिद्वारा राखिएको बधाई एवम् शुभकामना कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले नेपालीको स्वाभिमानलाई कदर राख्दै छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर गरिने उल्लेख गरे । भारतको अघोषित नाकाबन्दीका कारण देशमा भइरहेको इन्धनको चरम अभावलाई सहज रुपमा ल्याउन कूटनीतिक पहल भइरहेको बताउदै उनले समस्याको समाधान छिट्टै हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

Womui
Womui