मधेसी मोर्चाको जनसभा आज नेपालगन्जमा

44

नेपालगन्ज, कात्तिक २१–

आन्दोलनरत मधेसी मोर्चाले आज शनिबार नेपालगन्जमा ‘विशाल जनसभा’ गर्दैछ । स्थानीय त्रिभुवन चोकमा आयोजना गरिने सभामा मोर्चाका शिर्ष नेता सहभागि हुनेछन् । मधेसी मोर्चाका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगायत नेताले सम्बोधन गर्ने तय भएको आयोजकले जनाएको छ । वीरगन्जमा भएको घटना तथा वर्तमान राजनीतिक परिस्थिती एवम सरकारद्धारा मधेस प्रति गरिएको रवैयाको भण्डाफोर गर्ने उद्धेश्यले सभा गर्न लागिएको संयुक्त थरुहट मधेसी संघर्ष समिति बाँकेका संयोजक विजय गुप्ताले बताए ।

अघिल्लो बिहीबार नेपालगन्ज नाकामा नेता, कार्यकर्तामाथि अपमान भएको र वीरगन्जमा प्रहरी दमन भएको भन्दै मोर्चाले बिरोध स्वरुप शनिबार बाँके जिल्ला बन्द आब्हान पनि गरिएको गुप्ताद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मोर्चाले बन्द आब्हान गरेपनि नेपालगन्ज क्षेत्रमा बिहानदेखि यातायात साधन चलिरहेका छन् ।

Womui
Womui