यहाँ बाँडिँदै छ निजी सवारी साधनलाई तेल

149
काठमाडौं, कात्तिक १९
उपभोक्ताले तेल नपाएको गुनासो गरेपछि नेपाल आयल निगमले आजदेखि निजी सवारी साधनलाई काठमाडौंका विभिन्‍न पेट्रोल पम्‍पबाट तेल वितरण गर्ने तयारी गरेको छ। निगमले  बिहिबार १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकल तथा १ देखि ५ नम्बर लटका निजी कार/जिपलाई तेल उपलब्ध गराउने तयारी गरेको हो। यस्तै शुक्रबार ३१ देखि ५० लटनम्‍बरका मोटरसाइकल तथा ६ देखि ८ लटसम्‍मका जिप/कारले तेल पाउने छन्। त्‍यसैगरी शनिबार भने ५१ लटदेखि माथि सबै नम्‍बरका मोटरसाइकल तथा ९ लटदेखि माथि सबै नम्‍बरका कार/जीपले तेल पाउने निगमले जनाएको छ। निगमका अनुसार तोकिएका पेट्रोल पम्पबाट लट नम्बरअनुसार तीन दिनसम्म निजी सवारी साधनलाई तेल उपलब्ध गराइनेछ। जसका लागि निजी सवारी धनीले सम्मबन्धित पम्पबाट कुपन लिनुपर्ने छ। यसका लागि नेपाल आयल निगमले लटअनुसारको नीजी सावरी साधनलाई अनिवार्य रुपमा टोकन बाँड्न पेट्रोल पम्पहरुलाई निर्देशन दिइसकेको छ। सवारी धनीले जुन पम्पबाट कुपन लिएको हो सोही पम्‍पबाट मात्र तेल पाउने छन्।यसअघि दशैंमा ६ लाख लिटर पेट्रोल कोटा प्रणाली लागू गरेर बाडेको थियो।  तर उपभोक्ताको लाइन क्रस गरेर सेना र प्रहरी पम्पमा छिरेर तेल लिएपछि सर्वसाधारणले दु:ख पाएका थिए।
suchana
Womui
Womui