सुरक्षाकर्मीले बलप्रयोग गरेपछि वीरगञ्ज नाका खुल्यो

41

वीरगञ्ज, कात्तिक १६—
सुरक्षाकर्मीले बल प्रयोग गरेपछि वीरगञ्ज नाका खुलेको छ । सोमबार बिहान धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले बल प्रयोग गरेको हो । आन्दोलनकारी हटाएसँगै वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरू भारत प्रवेश गरेको प्रहरीले जनाएको छ । रातीको समयमा थोरै संख्यामा मोर्चा कार्यकर्ता सुतेको समय पारेर सुरक्षाकर्मीले बिहान ४:३० बजे बल प्रयोग गरेको थियो । बल प्रयोगका क्रममा भएको झडपमा १२ जना प्रदर्शनकारी घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रमोद गुप्ताले बताए ।

यता प्रहरीले भने बल प्रयोग नगरेको दाबी गरेको छ । नाकामा धर्ना दिइरहेका करिव २० जना आन्दोलनकारी सुतिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरू भागेको र केहीलाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले जानकारी दिए । प्रहरीको सुरक्षा पहरामा अहिले वीरगञ्ज नाका सञ्चालन भइरहको बताइएको छ ।

Womui
Womui