यातायात व्यवसायीद्वारा तेब्बर भाडा असुली

36

काठमाडौं, कात्तिक ३

इन्धन अभावका बेला ‘ब्ल्याक्मा इन्धन किनेको भन्दै धादिङका यातायात व्यवसायीले यात्रुहरुसँग तीन गुणासम्म बढी भाडा लिएको समाचार कान्तिपुर दैनिकमा छ। राजधानीबाट धादिङबेंसी आँउदा दोब्बर र सदरमुकामबाट ग्रामिण रूट प्रयोग गर्दा तेब्बर भाडा लिने गरेको गुनासो यात्रीले गरेको जनाएको छ। सामान्यतया राजधानीबाट सदरमुकामसम्मको भाडा १७० र रूट परमिट नलिएका ग्रामिण रूटमा ३५० देखि ४५० सम्म लिने गरिन्थ्यो। हाल राजधानीबाट सदरमुकामसम्मको ३४० देखी १ हजारसम्म र ग्रामिण रूटमा हजारदेखी १२ सयसम्म असुल्ने गरिएको छ।

Womui
Womui