थरुहट/थारुवानद्वारा दाङमा राजमार्ग केन्द्रित आन्दोलन फिर्ता

32

दाङ, असोज १८

थरुहट/थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ । अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने जनाउँदै राजमार्ग केन्द्रित आन्दोलन नगरिने जनाएको हो । समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले एक विज्ञप्ति निकाल्दै आज सोमबार बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुला रहने जनाउँदै अब कोणसभा, आमसभा, अन्तर्क्रिया र जनजागरण अभियान मात्रै चलाउने उल्लेख छ । थारुहरुको बाहुल्यता रहेको क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउनु पर्ने, जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानपुपातिक समावेशीको सुनिश्चितता हुनुपर्नेलगायतका माग राख्दै संघर्ष समितिले गरिरहेको आन्दोलनका क्रममा सर्वसाधारण जनतालाई परेको समस्याप्रति क्षमायाचना पनि मागिएको छ ।

गत साउन २७ गतेदेखि समितिले राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो ।

Womui
Womui