हिँडेर परीक्षा दिन अाऊः विद्यालय

38

काठमाडौं, असोज १४

निजी कलेजका गाडी तथा सार्वजनिक यातायात कम चल्न थालेपछि उच्च शिक्षा पढ्ने विद्यार्थी घरमै बस्न थालेका छन् । तर, विद्यालय तहमा भने बालबालिकालाई सास्ती हुन थालेको छ । इन्धन अभाव भएपछि निजी विद्यालयले यातायात सेवा बन्द गर्न थालेका छन् । तर, यस्तो अवस्थामा पनि परीक्षा स्थगित नगरेर सानासाना बालबालिकालाई हिँडेरै भए पनि विद्यालय आउन निर्देशन दिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । विद्यालयको यस्तो व्यवहारले स–साना बालबालिकाले सास्ती पाउने भएका छन् ।

 

Womui
Womui