शिक्षा पत्रकारिता पुरस्कार घोषणा

90

काठमाडौं, असोज ८

नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गर्ने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७१’ शिक्षा क्षेत्रमा कलम चलाउने तीनजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । महासंघ र विभागको संयुक्त छनोट समितिले पत्रकारहरुले कान्तिपुर दैनिकका जनक नेपाल(बाँके), कान्तिपुर टेलिभिजनका नारायण किलम्बू(भक्तपुर) र शिक्षक मासिकका बाबुराम विश्वकर्मा(काठमाडौं) लाई उक्त पुरस्कार प्रदान गर्ने सिफारिस गरेको छ । ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ३ जनाले संयुक्त रुपमा पाएका हुन् ।
महासंघको शुक्रबार जारी विज्ञप्ति अनुसार पाँच विकास क्षेत्र र उपत्यकाबाट ६ जना पत्रकारलाई दिइनु पर्ने २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पनि संयुक्त रुपमै प्रदान गरिने भएको छ । पूर्वाञ्चलबाट जयकृष्ण यादव (गोरखापत्र दैनिक-सुनसरी) र छेटु शेर्पा (अन्नपूर्ण पोष्ट दैनिक-संखुवासभा), मध्यमाञ्चलबाट फणि महत (अन्नपूर्ण पोष्ट-रौतहट) र रामेश्वर कार्की (नागरिक दैनिक-धादिङ), उपत्यकाबाट कोकिला खड्का केसी (दि हिमालयन टाइम्स-काठमाडौं) र रोशन क्षेत्री गाउँले (एजुकेशन पेजेज( काठमाडौं), पश्चिमाञ्चलबाट गगनशीला खड्का (नयाँपत्रिका-गुल्मी) र शोभाखर पन्थी (दैनिकपत्र-अर्घाखाँची), मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल (नेपाल समाचारपत्र-रुकुम) र राजेन्द्र नाथ (कान्तिपुर दैनिक-बाँके) गरी ५ क्षेत्रलाई सुयक्तरूपमा प्रदान गरिनेछ भने सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाही (जधानी दैनिक-बाजुरा) लाई प्रदान गर्ने निर्णय भएको छ ।
बैठकले उपत्यकासहित ६ क्षेत्रका २/२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति (२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान (नागरिक दैनिक-सप्तरी) र वैद्यनाथ यादव (सप्तरी जागरण साप्ताहिक(सप्तरी), मध्यमाञ्चलबाट राजकुमार गोले (नयाँ पत्रिका दैनिक-काभ्रे), नरेन्द्र सापकोटा (गोरखापत्र दैनिक-मकवानपुर) र मन्दिरा थापा (नेपाल टेलिभिजन( दोलखा) लाई प्रदान गरिनेछ भने उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली (कारोबार दैनिक, काठमाडौं), पार्वता चौधरी (कान्तिपुर एफएम, ललितपुर) र सइन्द्र राई (हिमालखवर पत्रिका, काठमाडौं) लाई प्रदान गरिनेछ । त्यस्तै सयुक्तरूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल (गोरखापत्र-लम्जुङ), कृष्ण खनाल (बुटवल टुडे दैनिक(रुपन्देही) र गोपीराम ज्ञवाली (गोरखापत्र नवलपरासी), मध्यपश्चिमबाट अर्जुन ओली (नागरिक दैनिक-बाँके) र हेमन्त केसी (रासस-जाजरकोट) लाई प्रदान गरिएको छ भने सुदूरपश्चिमबाट मोहन विष्ट (रासस-कञ्चनपुर) र रामबहादुर कुावर (नागरिक दैनिक-अछाम) प्रदान गर्ने भएको छ ।
त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ तर्फ पुर्वाञ्चलबाट गणतन्त्र एफएम ९५.१ मेघाहर्ज (सुनसरी) मध्यमाञ्चल( रेडियो सिन्धुलीगढी ९२ मेघाहर्ज (सिन्धुली), उपत्यका( मेरो एफएम ९३.५ -काठमाडौं), पश्चिमाञ्चल( रेडियो शालिग्राम १००.६ मेघाहर्ज (पर्वत), मध्यपश्चिमाञ्चल( थारुभाषी एफएम गुर्वावा (बर्दिया) र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम १०१ मेघाहर्ज (कैलाली) र नयाँ नेपाल १०४.५ मेघाहर्ज (दार्चुला) लाई प्रदान गरिएको छ । रु. २००००।( राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो ।
यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४००००।( राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक (काठमाडौं) र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजन (रुपन्देही) लाई प्रदान गरिएको छ ।
महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

Womui
Womui