भारतले पेट्रोलियम पदार्थ रोकेको आशंका

34

काठमाडौं, असोज ५

संविधान निर्माण प्रक्रियालाई लिएर आपत्ति जनाएको भारतले पेट्रोलियम पदार्थको आपूर्ति रोकेको आशंका गरिएको छ । ग्यास लिन गएका व्यवसायीहरुलाई भारतको केन्द्र सरकारको आदेश भन्दै गाडी ल्याउन रोकेको  व्यवसायीहरूले जनाएका छन्। यस अघि भारतले  सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत गरेको थियो ।

हिजो इन्धन भरेर भन्सार आइपुगेका २७ वटा ट्याङ्करहरू सुरक्षाको समस्या देखाउँदै आउन नमानेको बताउँदै नेपाल आयल निगमको प्रवक्ता दीपक बरालले भने, ‘आज कागजपत्र मिलाएर गाडी पास हुनेछन्। अन्यथा आज बेलुकासम्म पनि गाडी पास नभए भारतले रोकेको हुनसक्छ।’

 

 

 

Womui
Womui