राप्तीसोनारीमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

97

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा १४ औं राष्ट्रपति रनिंग शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको समुद्घाटन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गरेका छन् ।

लुम्बिनी प्रदेशमा प्रस्तावित नमुना विद्यालय लक्ष्मी माध्यमिक विद्यालयले व्यवस्थापन तथा सन्चालन गरेको प्रतियोगितामा गाउँपालिकाका ७१ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । सा

लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गणेश वलिका अनुसार बुधबार उद्घाटनका दिन १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड एवं एक सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमि फाइनल खेल भएका छन् ।

प्रतियोगितामा आधारभूतको तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक–फरक गणित दौड प्रतियोगिता समावेस गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ । यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगिता फागुन २१ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागी टाढाका विद्यार्थिहरुका लागि विद्यालयले आवासको व्यवस्थासमेत गरेको छ ।

Womui
Womui