छोराले बाबुको घाँटी रेटेर हत्या गरे

35

नेपालगन्ज– दाङमा छोराले आफ्नै बाबुलाई छुरा प्रहार गरि हत्या गरेका छन् । दाङको शान्तिनगर गाँउपालिका ३ का स्थानीय १९ वर्षीय छोरा गोपाल मगरले ६३ वर्षीय बाबु कर्णबहादुर मगरको हत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

बेलडाँडा स्थित आफ्नै घर आँगनमा सामान्य भनाभन भएकै अवस्थामा बुधबार दिँसो १ बजेको समयमा तरकारी काट्ने चक्कुले बाबुको घाँटी काटेर हत्या गरेकोे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नविन चुदालीले बताए ।

हत्या गरेको आरोपमा प्रहरीले गोपाल मगरलाई नियन्त्रणमा लिएको छ ।

Womui
Womui