लागुऔषधसहित दुई पक्राउ

196

नेपालगन्ज– बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुर्माखाद गाउँपालिका–७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल विनायक नगरपालिका–४ अछामकै १८ वर्षीय गौरव विष्ट रहेका छन् । उनीहरुलाई नेपालगन्ज बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना बसपार्कमा बस्दै आएका थिए र उनीहरुबाट ५२ ग्राम ५०० मि.ग्रा. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर विक्री भइरहेको भन्ने सूचना प्राप्त गरेको प्रहरीले उनीहरुमाथि आवश्यक चेकजाँच गर्दा ५२ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui