लोकतान्त्रिक व्यवस्थामा नागरिक समाजबिना राज्यको परिकल्पना गर्न सकिँदैनः डा. कोइराला

30

नेपालगन्ज– अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको नेटवर्क एसोसिएसन अफ इन्टरनेशन एनजियोज नेपालका अध्यक्ष डा. सुशील कोइरालाले नेपालका गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अध्यक्ष कोइरालाले नेपालका विभिन्न समस्या र सवालको उठान नागरिक समाजले उठाएर सरोकारवाला निकायलाई कार्यान्वयन गर्नमा मद्दत पुर्‍याएको बताए ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा बुधबार आयोजित अध्यक्ष कोराइलाको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष कोइरालाले सरकारका हरेक काम कारबाही प्रक्रियालाई सहयोग पुर्‍याएको भन्दै राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेपालको लोकतान्त्रिक व्यवस्थामा नागरिक समाजबिना राज्यको परिकल्पना गर्न सकिँदैन । त्यसैले नागरिक समाजको रक्षा गर्नु सरकारको प्रमुख जिम्मेवारी हो ।’

कार्यक्रममा नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिबक्ता सुनिल श्रेष्ठले व्यवसायिक पेशागत संगठनहरुको भूमिका ठूलो रहेको र यसप्रति आम नागरिकहरुको विश्वास पनि बढी रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले स्वागत गर्दै बाँके जिल्लामा नागरिक समाजको अभियान तथा सफलताका बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता प्रह्लाद बहादुर कार्की, उच्च अदालत नेपालगन्ज बारमा पूर्व अध्यक्षहरु लोकबहादुर शाह, बलबहादुर चन्द, विकास आचार्य, एडभोकेसी फोरमका क्षेत्रीय संयोजक बसन्त गौतम, फियान नेपालका सुरेश गौतम, अधिकारकर्मी रविन्द्र कर्ण, कृष्णमुरारी प्रसाद भट्टलगायतले आआफ्नो धारणा राखेका थिए ।

अध्यक्ष कोइराला विगतमा नेपालगन्जमा नागरिक अभियानको सुरुवात गरी उत्प्रेरणामूलक कार्य गरेको बारेमा स्मरणसमेत गरिएको थियो ।

Womui
Womui