बाँके प्रहरीद्वारा लागूऔषध नष्ट

77

नेपालगन्ज– बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो ।

पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ब्राउनसुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधूसुदन न्यौपानेले जानकारी दिए ।
विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ ।

Womui
Womui