मधेसीको मुद्दा नसमेटिएर संविधान जारी हुने दिन कालोःमहतो

66

जनकपुर, भदौ ३०

Rajendra-Mahatoसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संविधान घोषणाको मिति तोकिएको असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताएका छन् ।बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले असोज ३ लाई कालो दिनको रुपमा मनाउने बताएका हुन् ।

उनले मधेसीको माग सम्बोधन नगरेरै बन्ने संविधान मधेसले स्वीकार नगर्ने बताए । अरुले असोज ३ गते दीपावली गरे पनि मधेसको प्रत्येक ठाउँमा संविधान जलाउने बताए । महतोले अबको आन्दोलनमा प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालयमा ताला लगाउँदै स्वायक्त मधेस सरकार लेख्ने चेतावनी दिए ।

Womui
Womui