राप्तीसोनारी सभापतिमा भीम र तुलारामको उम्मेदवारी

33

नेपालगन्ज– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन सक्किएसँगै यतिबेला बाँकेमा गाउँ तथा नगरपालिका तहको निर्वाचनको तयारी तीव्ररुपमा अघि बढेको छ । गाउँ तथा नगर तहको निर्वाचनको पूर्व सन्ध्यामा राप्ती सोनारी गाउँपालिका सभापति पदका लागि दुईजना आकाङ्क्षीले उम्मेदवारी घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान गाउँपालिका सभापतिमा युवा नेताद्वय भीम बहादुर राना क्षेत्री, र सचिव तुलाराम खत्रीले औपचारिक रुपमै उम्मेदवारी दिने घोषणा गरी मतदाता रिझाउन लागिपरेका छन् । उनीहरु कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हँुदै पार्टीको मूल राजनीतिमा आएका हुन् ।

नयाँ नेतृत्वका लागि वर्तमान गाउँपालिका सभापति भिम बहादुर राना क्षेत्री र सचिव तुलाराम खत्रीले उम्मेदवारी दिने हाइवे पोष्ट दैनिकलाई जानकारी दिएका छन् । उनीहरुका अनुसार हालसम्म राप्ती सोनारी गाउँपालिकामा सभापतिमा दुईजना बाहेक अरु आकाङ्क्षी छैनन् । राप्ती सोनारीमा व्यक्तिगत छवि उँचो बनाएका यी दुवै राजनीतिमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

कांग्रेस कार्यकर्ताको नजरमा दुवै युवा नेता आफैमा योग्य, बलियो र कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका छन् । राजनीति पृष्ठभूमिमा पहिचान बनाउन सफल यी दुई व्यक्तिबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । यी दुई मध्ये कस्ले बाजी मार्ला ? राप्ती सोेनारी गाउँपालिकाको अबको नेतृत्व कसले पाउला भन्ने विभिन्न कोणबाट बहस र चर्चा हुँदै आएको छ । कांग्रेस कार्यकर्ता मात्र होइन अन्य राजनीतिक दल तथा व्यक्तिहरुले अहिले विभिन्न कोणबाट अड्कल बाजी गरिरहेका छन् । वर्तमान सभापति राना र सचिव खत्रीले तत्कालीन राप्ती सोनारी गाउँपालिका सभापति र सचिव भएर पाँच वर्ष र वडा नम्बर २ कार्य समितिको पाँच वर्ष कार्यकाल सम्हाल्ने अवसर पाएका थिए ।
१४ औं महाधिवेशनमा पनि रानाले पुनः गाउँपालिका सभापतिमै उम्मेदवारी दिने र त्यसका लागि नेता तथा कार्यकर्ता भेटलाई तीव्र पारेको जनाए । वर्तमान सभापति रानाले आफूले पार्टीलाई झन् बलियो बनाउन पुनः सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

यस्तै सचिव खत्री गाउँपालिकामा पार्टी संगठन बलियो र समानान्तर बनाउनका लागि सभापति पदमा उम्मेदवारी दिएको बताउँछन् । ‘आउने स्थानीय निर्वाचनमा राप्ती सोनारीका ९ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने मेरो पहिलो एजेण्डा हो,’ वर्तमान सचिव खत्रीले भने । राप्ती सोनारी गाउँपालिकामा ९ वटै वडामा नयाँ र पुरानो गरी १३ सयको हाराहारीमा क्रियाशील सदस्य रहेका छन् ।

दुवै युवा नेताबीचबाट गाउँपालिकाको आगामी नेतृत्वका लागि कुनै एक चुनिने भएकाले पनि नेता तथा कार्यकर्तालाई यसपटक अलि बढी नै दबाब सिर्जना भएको छ । दुवैै जनाको विगत र वर्तमान राजनीतिकि ओजका कारण उनीहरुबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । यता जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईका अनुसार बाँकेमा पालिका अधिवेशन मंसिर २ गते हुने तय गरिएको छ भने त्यसका लागि उम्मेदवारी दर्ता मंसिर १ गते नै हुनेछ ।

Womui
Womui