कुशुमबाट चितुवाको छालासहित दुई पक्राउ

140

नेपालगन्ज : बाँकेको राप्तीसोनारीमा चितुवाको छाला सहित दुई पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका वडा नं. १ कुशुम बजारवाट चितुवाको छालासहित दाङ घोराही उप–महानगरपालिका ९ का ३२ वर्षीय सन्तोष कुँवर र दैलेख भैरवी गाउँपालिका–३ का १९ वर्षीय जितेन्द्र शाही पक्राउ परेका हुन् ।

वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो साढे ४ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा४प ६५०४ नं.को स्कुटीको डिक्की भित्र कालो झोलामा रहेको सेतो खैरो रंगको चरीबाघ (चितुवा) को जस्तो देखिने ३ फिट ३ इन्च लामो एक थान छाला फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार छाला ओसारपसार तथा किनबेचमा संलग्नलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम नगद पाँच लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँच देखि १५ वर्षसम्म कैद सजाय वा दुवै हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

Womui
Womui