शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

155

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ ले ४ वटा सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण गरेको छ । शनिबार विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षलाई उक्त सामग्री वितरण गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले खेलकुद सामग्री प्रदान गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारुको भनाइ छ । शैक्षिक ज्ञानका साथसाथै खेलकुदले विद्यार्थीको मस्तिष्क ताजा गराउनुका साथै स्वस्थ र तन्दरुस्त बनाउने भएकाले खेलकुद सामग्री वितरण गरेको बताउँदै वडा अध्यक्ष थारुले विद्यार्थीको शारीरिक विकासका लागि खेलकुद सामग्रीले टेवा पुग्ने विश्वास लिएको बताए ।

सरस्वती माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, श्री गणेश आधारभूत विद्यालय र जनज्योति आधारभूत विद्यालयलाई वितरण गरिएको खेलकुद सामग्रीमा ११ वटा भलिबल, ८ वटा फुटबल, ३ वटा ह्वाइट बल, ५ वटा नेट भलिबल, २ वटा जेब्लिङ थ्रो छात्रा र छात्रका लागि, ८० वटा स्काइप, १० वटा ब्याटमिन्टन, ४ वटा डबल ब्याटिङ, ३ वटा कर्क, २ वटा क्रिकेट ब्याट, टेनिस बिन, हार्ट बल, सटफुटलगायत रहेका छन् ।

खेलकुद सामग्री वितरण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, सरस्वती माविका विद्यालय व्यवस्थापन अध्यक्ष प्रेमराज श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक ललितकुमार चौधरी, जनजागृति आधारभूल विद्यायका व्यवस्थापन समिति अध्यक्ष सुदीप थारु, जनजागृति विद्यालयका प्रधानाध्यापक लहानु थारु, श्री सरस्वती माविका शिक्षाक पुष्पलाल थारु, जनज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद सापकोटा, जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम सागर थारु, श्री सरस्वती माविका शिक्षाक पतिरामथारु, श्री सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका सदस्य विरबहादुर थारु, श्री गणेश आधारभूत विद्यालयका शिक्षाक कमल थारु, श्री सरस्वती माविका शिक्षाक लौटन थारु, श्री जनजागृति आधारभूत विद्यालयका शिक्षाक शिबु गिरी र हाइवे पोस्ट दैनिकका प्रकाशक एवम् सम्पादक खड्क खत्रीको उपस्थिति रहेको थियो ।

Womui
Womui