१० गतेभित्र नयाँ प्रधानमन्त्री, एक महिनामा राष्ट्रपति

65
काठमाडौं, भदौ २९
sambidhan savha नयाँ संविधान जारी भएको १० गतेभित्रै जनताले नयाँ प्रधानमन्त्री पाउने भएका छन् । नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९२ मा नयाँ संविधान जारी भएको एक साताभित्रै चालू संसद्‍बाट नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ। असोज ३ गते संविधान घोषणा र जारी हुने भएकोले असोज १० सम्म नयाँ सरकार गठन हुने छ। संसद् अधिवेशन पनि चालू रहेकोले छिटै प्रधानमन्त्री चयन हुन लागेको हो। संसद् चालु नरहेको भए संसद् अधिवेशन डाकेर प्रधानमन्त्री चयन केही ढिलो हुन्थ्यो।
कांग्रेस एमालेबीच भएको समझदारीअनुसार असोज १० भित्रै एमाले अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री हुने सम्भावना प्रवल छ।२०७० माघ २६ गतेको सातबुँदे सहमतिमा संविधान निर्माण भएपछि वर्तमान प्रधानमन्त्रीले राजीनामा गर्ने र एमाले अध्यक्ष  ओलीले सरकारको नेतृत्व लिने  स्पष्ट उल्लेख छ। स‌ंविधान निर्माणको क्रममा १६ बुँदेदेखि एक ठाउँमा रहेका मुख्य चार दलबीच पनि यसमा सहमति भइसकेको छ। त्यसैले ओली भावी प्रधानमन्त्रीमा निश्‍चित भएका हुन्। त्यस्तै एक महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति र सभामुखको चयन गर्नुपर्ने व्यवस्था छ। कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको पदावधि सकिने छ।
Womui
Womui